होमपेज / समाज
वैशाख २४,सल्यान
दोस्रो चरणको फैलिएको भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण जिल्लामा दिनप्रतिदिन बढ्दै गएको छ । दैनिक दर्जनका हिसाबले नागरिक संक्रमित हुँदै आइरहेका छन् ।
संक्रमितको सख्ंया बढेसँगै निको हुनेको संख्यामा पनि वृद्धि आउन थालेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अुनुसुार शुक्रबार मात्रै २६ जना संक्रमित डिस्चार्ज भएका छन् । शुक्रकार ६३ जना कोरोना संक्रमित थपिदा २६ जना डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए । उनका अनुसार उच्च सर्तकता र सावधानी अपनाउँदा संक्रमितहरु निको भएर डिस्चार्ज हुनेको सख्ंयामा पनि बृद्धि आएको छ ।
जिल्लामा हालसम्म पिसिआर र एन्टिजेन परिक्षण गर्दा १ हजार ३ सय २४ जना कोरोना पोजेटिभ रहेका छन् भने ८ सय ४८ जना डिस्चार्ज भएका छन् ।
कार्यालयका अनुसार हाल संक्रिय संक्रमितको संख्या ४ सय ६३ रहेको छ । जसमा सल्यान अस्पतालमा २२, संस्थागत आइसोलेशनमा ५ र होम आइसोलेशनमा ४ सय ३६ जना रहेका छन् ।
कोरोनाबाट हालसम्म जिल्लामा ९ जनाको मृत्यु भइसकेको छ ।





.jpg)