होमपेज / समाज
वैशाख २३,सल्यान
सुर्खेतको गुर्भाकोट नगरपालिका ११ रिनिघाट नजिकै भेरी नदि किनारमा एक पुरुषको शव फेला परेको छ । बुधबार साँझ भेरी नदि किनारमा अपरिचित पुरुषको शव फेला परेको अस्थायी प्रहरी चौकी बोटचौरले जानकारी दिएको छ ।
भेरी नदिले बगाएर शव ल्याएको हुन सक्ने अनुमान गरिएको छ । शवको पहिचान नभएको र छानविन भइरहेको प्रहरीले जनाएको छ ।
गत वैशाख १८ गते सल्यान बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार नजिकै भेरी नदिमा नुहाउन भएका एक मजदुर वेपत्ता भएका थिए । वेपत्ता उनी फेला पर्न सकेका छैनन् ।





.jpg)