होमपेज / समाज
वैशाख २२,सल्यान
सल्यानका नीजि अस्पतालमा निःशुल्क अक्सिजन सेवा हुने भएको छ । सल्यान श्रीनगरमा रहेका नीजि अस्पतालमा अक्सिजन दिने विरामी आएमा निःशुल्क अक्सिजन सेवा प्रदान गरिने भएको हो ।
सल्यान उद्योग वाणिज्य संघको समन्वयमा निजी अस्पतालमा अक्सिजन दिनु पर्ने विरामी आएमा अक्सिजन सेवा निःशुल्क गरिने व्यवस्था मिलाइएको सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकीले बताए । विश्वभर फैलिएको भेरियन्ट सहितको कोरोना भाइरसलाई मध्यनजर गर्दै नीजि अस्पतालमा निःशुल्क अक्सिजन सेवाको व्यवस्था गरिएको उनको भनाई छ । अक्सिजनको सम्पूर्ण खर्च उद्योग वाणिज्य संघले व्यहोर्ने बुढाथोकीले बताए ।
यस्तै सल्यान उद्योग वाणिज्य संघले जिल्ला अस्पताल सल्यानमा खालि रहेका १६ र श्रीनगर बजार क्षेत्रका नीजि अस्पतालमा रहेका ९ अक्सिजन सिलिन्डर भर्न नेपालगञ्ज पठाएको छ । पठाइएका सिलिन्डर भरी बुधबार रातीनै सल्यान आइपुग्ने संघले जनाएको छ ।





.jpg)