ट्रेण्डिङ

होमपेज / समाज

कपुरकोट नाकामा हेल्थ डेस्क स्थापना

  सल्यान खबर डेस्क २०७८ बैशाख २२ गते बुधबार १९:१२:३९ मा प्रकाशित

वैशाख २२,सल्यान 
सल्यानको कपुरकोटमा बुधबार हेल्थ डेस्क स्थापना गरिएको छ । कर्णाली प्रदेशको प्रवेशद्धार कपुरकोट नाकामा कपुरकोट गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरेको हो । 

हेल्थ डेस्कमा नाका भएर आउनेहरुको रेकर्ड राख्ने र स्वास्थ्य जाँच गरिने गाउँपालिकाले जनाएको छ । हेल्थ डेस्कमा स्वास्थ्य सतर्कता अपनाउने विधिका बारेमा पनि सेचतीकरण गरिने गाउँपालिकाका कोरोना फोकल पर्सन देवेन्द्र कुमार सेनले जानकारी दिए । उनका अनुसार कपुुरकोट नाका भएर आउने नागरिकहरुको तापक्रम जाँच गर्नुका साथै कोरोना भाइरससँग मिल्ने लक्षण, चिन्हहरुको पहिचान गरिने छ । 

हेल्थ डेस्क स्थापना कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष मिन बहादुर सेन, वडा नं ४ का वडा अध्यक्ष हरिलाल पुन, कोभिड–१९ फोकल पर्सृन देवेन्द्र कुमार सेन, स्वास्थय शाखाका सिअहेव सुवाश हमाल, प्रहरी चौकी कपुरकोटका इन्चार्ज यम बहादुर बस्नेत लगाएतको उपस्थिति रहेको थियो । यस्तै कपुरकोट गाउँपालिकामा हालसम्म ३२ जना सक्रिय संक्रमित रहेका छन् । ११ महिला र २१ पुरुष संक्रमित रहेको गाउँपालिकाले जनाएको छ ।

संक्रमित मध्ये ५ जना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमचौरमा रहेको २५ वेडको आइसोलेशनमा बसी रहेको र २७ जना होम आइसोलेशनमा बसी रहेका छन् । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top