होमपेज / समाज
वैशाख २१,सल्यान
सल्यानमा कोरोना परीक्षण गर्ने एन्टिजेन किटको अभाव भएको छ । किटको अभाव हुँदा कोरोना परीक्षण रोकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
जिल्लामा यसअघि ७ सय ५० किट आएको र उक्त किट पालिकाहरुमा समेत वितरण गर्दा सकिएको स्वास्थ्य कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए । एन्टिजेन किटको अभाव भएपछि पिसिआर विधिबाट परीक्षण सुरु गरिएको उनको भनाई छ । एन्टिजिन विधिबाट छिटो रिर्पोट आउथ्यो तर पिसिआर गर्दा एक दुई दिन बढी समय लाग्ने भयो उनको भनाई छ ।
किट प्रदेश सरकारले उपलब्ध गराउँदै आएको भएपनि प्रदेशमा नै किट सकिए पछि समस्या भएको श्रेष्ठको भनाई छ । पिसिआर परीक्षणका लागि स्वाब संकलन भइरहेको कार्यालयका सूचना अधिकारी थलराज डिसीले बताए । बजारमा नै एन्टिजेन किटको अभाव भएको उनको भनाई छ ।
सल्यानमा हालसम्म ६ सय ९२ जनाको एन्टिजेन परीक्षण गरेकोमा ३ सय ४६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल ३ सय २१ सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ । जसमा सल्यान अस्पतालमा १२, संस्थागत आइसोलेशनमा ५ र ३ सय ४ जना होम आइसोलेशनमा रहेका छन् ।