होमपेज / समाज
सरिता चलाउने वैशाख १९,सल्यान
वनमा लागेको आगोमा परी सल्यानमा एक वृद्धको मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका वडा न ६ सापमारा निवासी ७० वर्षीय ओदिराम बुढाथोकीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घरदेखि १ घण्टाको दुरीमा रहेको भुवेनगैरी सामुदायिक वनमा आगोबाट जली मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
वनमा बाख्रा चराउन गएका उनी साँझ ६ बजेसम्म पनि नआएपछि घरपरिवारले खोजतलास गर्ने समयमा बनमा जलेको अवस्थामा परिवारले फेला पारेका थिए । घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको उनको भनाई छ । वनमा अझै आगो लागि रहेको प्रहरीको भनाई छ ।





.jpg)