ट्रेण्डिङ

होमपेज / समाज

जंगलमा लागेको आगो बस्तीमा पस्दा सल्यानमा चार घरगोठ जलेर नष्ट

  सल्यान खबर डेस्क २०७८ बैशाख १७ गते शुक्रबार ०७:४२:५१ मा प्रकाशित

वैशाख १७,सल्यान 
जंगलमा लागेको डढेलो बस्तीमा पस्दा कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरमा चार घरगोठ जलेर नष्ट भएका छन् । 

पोखरा सामुदायिक वनमा लागेको आगो बिहीबार साँझ बस्तीमा पसेको थियो । बस्तीमा पसेको डढेलोले स्थानीय जीत बहादुर डाँगीको घर  गोठ, दीपक खत्रीको घर जलेका छन् । यस्तै शेर बहादुर खड्का र रुपलाल डाँगीको गोठ जलेर नष्ट भएको स्थानीय दीपक भण्डारीले जानकारी दिए ।

आगलागीबाट   घरभित्र रहेका अन्नपात, लत्ताकपडा, महत्वपूर्ण सरसामान जलेर नष्ट भएका छन् । पानी परेपछि जंगल र बस्तीमा लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।     

प्रतिक्रिया

सम्बन्धित खवर

Top