ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा चट्याङ पर्दा दुई बालक घाइते

  सल्यान खबर डेस्क २०७८ बैशाख १७ गते शुक्रबार ०७:२६:३९ मा प्रकाशित

वैशाख १७,सल्यान 
सल्यानमा चट्याङ पर्दा दुई बालक घाइते भएका छन् । जिल्लाको कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर कोटमा बिहीबार राती  जङ्ग बहादुर थापामा घरमा परेको चट्याङले दुई बालक घाइते भएका हुन । 

घाइते हुनेमा थापामा दुई वर्षीय छोरा सन्दिप थापा र फुपुको घरमा आएका १४ वर्षीय शन्तोष डाँगी रहेको स्थानीय दीपक भण्डारीले जानकारी दिए ।
 घाइते दुवै बालकको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमो अवस्था सामान्य १ न वडाध्यक्ष रविला बस्नेतले बताए । चट्याङले घरमा समेत क्षति पु¥याएको उनको भनाई छ । आमा बुवा कामले घर बाहिर भएको समयमा चट्याङ परेको बस्नेतले बताए । 

 यस्तै कपुरकोट गाउँपालिकाको डांग्रीमा परेको चट्याङले एक गोरु मरेको प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top