ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा भतिजले काकाको कान खाईदिए

  सल्यान खबर डेस्क २०७८ बैशाख ८ गते बुधबार १५:१६:४२ मा प्रकाशित

सल्यान, वैशाख ८ । 
सल्यानमा काका भतिज विच झगडा हुँदा  भतिजाले काकाको कान खाईदिएका छन् । जिल्लाको  कालिमाटी गाउँपालिका वडा १  का २६ वर्षिय  खिमवहादुर कँवरले   काका  ५६ वर्षीय  धनवहादुर कवँरको कान खाईदिएका हुन ।   

वारीमा वाख्रा चराएको विषयलाई लिएर काका भतिजाको विवाद सुरु भएपछि   खिमवहादुर कँवरले कान टोकेर खाईदिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार  पुरानो रिसिविका कारण उनी दुई विच झगडा भएको पाइएको छ ।
कान खाईदिने भतिजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top