ट्रेण्डिङ

होमपेज / समाज

घरमा आगलागी हुँदा सल्यानमा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७८ बैशाख ८ गते बुधबार १४:००:२९ मा प्रकाशित

वैशाख ८,सल्यान 
सल्यानमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका १० मदाना निवासी ३० वर्षीय राम बहादुर सुनारको सुती रहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

मंगलबार राती करिब १० बजेको समयमा उज्यालोको रुपमा प्रयोग हुने सल्लाको दियालोबाट आगलागी हुँदा उनको मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनी घरमा एक्लै बसेकाले अन्य मानविय क्षति नभएको उनको भनाई छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top