होमपेज / समाज
वैशाख ७,सल्यान
जंगलमा लागेको आगो गाउँमा पस्दा सल्यानमा एक वडाध्यक्षको घर जलेर नस्ट भएको छ। जिल्लाको शारदा नगरपालिका ११ का वडाध्यक्ष रामसिंङ बुढाथोकीको घर जलेको छ ।
खैराबाङ स्थित बुढाथोकीको घर मंगलबार दिउसो करिब १ बजेको समयमा जलेको बताएको छ। घर नजिकै रहेको जंगलमा लागेको आगोको झिल्का घरमा आउँदा आगलागी भएको अध्यक्ष बुढाथोकीले बतए।
आगलागीबाट घरमा रहेका सम्पुर्ण सामग्रीहरु जलेको उनको भनाई छ । आगलागीबाट घरमा रहेको लत्ताकपडा, खाद्य सामाग्री लगाएतका सम्पुर्ण सामाग्रीहरु जलेका छन् ।
अध्यक्ष बुढाथोकीको घर नजिकै रहेको जित बहादुर बुढाथोकीको गोठ समेत जलेको छ। गोठमा राखिएको सम्पुर्ण दार जलेर नस्ट भएको छ।
बिगत २ दिनदेखि खैराबाङ क्षेत्रको जंगलमा आगलागी भई रहेको छ।





.jpg)