होमपेज / समाज
वैशाख ४,सल्यान
राष्ट्रिय जनगणना २०७८ को लागि शुक्रबार सल्यानको कपुरकोटमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ ।
कपुरकोट गाउँपालिका संगै जिल्लाको त्रिवेणी र छत्रेश्वरी गाउँपालिकाको जनगणना गर्ने गरी कार्यालय स्थापना गरिएको हो । कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनको उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको हो ।
कार्यालयमा असार मसान्तसम्म मात्र काम हुने स्थानीय जनगणना अधिकारी खगेन्द्र बहादुर शाहीले जनाए । १२ औँ जनगणनाको कामलाई व्यवस्थित ढंगबाट अघि बढाउन कार्यालय स्थापना गरिएको हो । यसपटकको जनगणनामा विस्तृत तथ्यांक संकलन गर्ने तथ्यांक विभागले जनाएको छ ।
यसपटकको राष्ट्रिय जनगणनामा ‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने मूल नारा तय गरिएको छ । वि.स. १९६८ बाट नेपालको जनगणना सुरु भएको थियो । राष्ट्रिय जनगणना–२०७८ मा ३ करोड जनसंख्या र ७० लाख घरपरिवारको जनगणना केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको छ ।





.jpg)