ट्रेण्डिङ

होमपेज / समाज

नागरिकलाई सूचना दिन कन्जुस्याई गर्नु हुदैनः सरोकारवाला

  सल्यान खबर डेस्क २०७८ बैशाख ३ गते शुक्रबार १८:०४:४० मा प्रकाशित

सरिता चलाउने वैशाख ३,सल्यान 
नागरिकलाई सुचना दिने कुरामा कुनै पनि कन्जुस्याई गर्न नहुने सल्यानका सरोकारवालाहरुले बताएका छन ।

जिल्ला हुलाक कार्यालय सल्यानले आयोजना गरेको कार्यालय प्रमुख र सूचना अधिकारीहरुको सहभागितामा सुचनाको हक सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सुचनालाई शक्तिको रुपमा हेरिने भएकाले नागरिकहरुमा  शक्ति प्रदान गर्नका लागि सरकारी निकायबाट प्रदान गरिने सुचनालाई प्रभावकारी बनाउनु पर्ने बताएका हुन । 

कार्यक्रममा बोल्दै जिल्ला अदालत सल्यानका न्यायधिस कुल प्रसाद पाण्डेले सुचना पाउँने नागरिकको अधिकार भएकाले सहज  र सरल तरिकाले सुचना प्रदान गर्नुपर्ने बताएचनाको हक मौलिक हकमा व्यवस्था गरेपनि पछिल्लो समय सुचनालाई सुबिधाको रुपमा लिएको बताए । सुचनालाई सुबिधाको रुपमा व्याख्या गर्नुभन्दा पनि हकअधिकारको रुपमा लिन उनले आग्रह गरे  । 

सुचनालाई छिटो छरितो बनाउनको लागि पछिल्लो समय वइव साईड पनि प्रभावकारी भएको न्यायधिस पाण्डेले बताए । यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबि होमागाईले सुचनालाई प्रभाकारी बनाउनको लागि नागरिक पनि जिम्मेवार बन्नु पर्ने बताइन । अधिकार प्राप्त गर्नको लागि पनि नागरिकले सहि सुचना लिन आफै अग्रसर बन्नु पर्ने उनको भनाई छ । 
कार्यक्रममा जिल्ला हुलाक कार्यालय हुलाक अधिकृत धिरेन्द्र भण्डारीले पछिल्लो समय टाठाबाठाले सुचना पाएर कार्यक्रमहरु लिने गरेको बताए । अझै पनि ग्रामिण भेगमा चेतनाको अभावले सुचनाको बिकास हुन नसकेको उनको भनाई छ । 

कार्यक्रममा जिल्लाका सरकारी  कार्यलयका प्रमुख तथा प्रतिनिधि, सुचना अधिकारी पत्रकार लागायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top