ट्रेण्डिङ

होमपेज / समाज

शसस्त्र द्धन्द्धका क्रममा ध्वस्त भएको झिम्पे रिपिटर टावर २२ वर्ष पछि सुचारु

  सल्यान खबर डेस्क २०७७ चैत्र २९ गते आइतबार १७:५८:०२ मा प्रकाशित

 चैत २९,सल्यान  
तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको शसस्त्र द्धन्द्धका कारण ध्वस्त भएको सल्यानको झिम्पे रिपिटर टावर २२ वर्ष पछि सुचारु भएको छ । झिम्पे प्रहरी चौकीमा आक्रमणको समयमा २०५४ कात्तिक १० गते टावर ध्वस्त भएको थियो । 

रिपिटर टावरको सुरक्षाका लागि बसेको प्रहरी चौकीमाथि आक्रमणको क्रममा टावरमा आगलागी भएको थियो । झन्डै २२ वर्षपछि टावर सञ्चालन आएपछि सल्यान सहित रोल्पाका सेवाग्राही खुशी भएका छन् । सञ्चारसेवाबाट बञ्चित झिम्पेबासी टावर सञ्चालनसँगै सञ्चारसेवामा जोडिएको छत्रेश्वरी गाउँपालिका ४ का वडाध्यक्ष नेव बहादुर खड्काले बताए । उनले भने ‘टावर सञ्चालन नहुँदा फोन गर्न टावर आउने ठाउँमा मोवाइल झुन्ड्याएर राख्नु पर्ने बाध्यता रहेको थियो तर आजबाट उक्त बाध्यताको अन्त्य भएको छ ।’ 

छत्रेश्वरी गाउँपालिका, नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा टावर पुनः सञ्चालनमा आएको छ । टावर सञ्चालन गर्न गाउँपालिकाले गत वर्ष नै टावरसम्म विद्युत विस्तार गरेको गाउँपालिका अध्यक्ष शन्तोष केसीले बताए । टावर सञ्चालनसँगै सञ्चार सम्पर्कबाट विमुख झिम्पे र रोल्पाका जनता प्रत्यक्ष लाभान्वित भएको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top