होमपेज / समाज
चैत २२,सल्यान
सल्यानको छत्रेश्वरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ भेरीखोर निवासी ४८ वर्षीय भीम बहादुर वलीको भिरबाट लडेर मृत्यु भएको हो ।
शनिबार साँझ भाईको घरबाट आफ्नो घरबाट फर्किने क्रममा जनप्रेम सामुदायिक वनको झाँक्री सल्ला भन्ने भिरमा आइतबार बिहान शव फेला परेकोे वडा न ४ का वडाध्यक्ष नेव बहादुर खड्काले जानकारी दिए ।
मृत्तक वलीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको उनको भनाई छ । बुवाको भिरबाट र आमा दुई वर्ष अघि मृत्यु भएपछि निजका छोराछोरीलाई संरक्षकको अभाव भएको वडाध्यक्ष खड्काले बताए ।





.jpg)