ट्रेण्डिङ

होमपेज / समाज

नेपाल पत्रकार महासंघ सल्यानको अध्यक्षमा दुईजनाको उम्मेदवारी, तीन जना निर्विरोध निर्वाचित

  सल्यान खबर डेस्क २०७७ चैत्र २२ गते आइतबार २०:३४:२० मा प्रकाशित

चैत २२,सल्यान 
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । प्रेस चौतारीको तर्फबाट मिना बुढाथोकी र प्रेस युनियन नेपालको तर्फबाट नविन पौडेललको अध्यक्षमा उम्मेदवारी परेको हो । 

खुला उपाध्यक्षमा तिलकराज  ओलि र शंकर केसी, महिला उपाध्यक्षमा सरिता चलाउने र पुष्पारिजन डिसीको उम्मेदवारी परेको छ । सचिवमा टिकाराम भण्डारी, खकेन्द्र केसी, समावेशी सहसचिव  बुद्धिमान पुन, र चुडामणि पुन, सहसचिव खुल्ला तर्फ आशिष केसी, हिमाल उपाध्याय र कोषाध्यक्षमा शिवलाल डाँगी, विरेन्द्र डिसीको उम्मेदवारी परेको छ । महिला खुल्ला सदस्यमा मेघा रेउले, दलित सदस्यमा खेमराज स्वर्णकार, शारदा विक, जनजाति सदस्य हरिप्रकाश पुन, अन्य समावेशी अपांगता गोपाल शर्माको उम्मेदवारी परेको छ । 

यस्तै खुल्ला सदस्यमा अमृत बुढाथोकी, नोखिराम थापा विक., संजिव श्रवण देवकोटा, लोकमान चन्द, कृतिराज वली, पदम गिरी, गोविन्द प्रसाद शर्मा, महश कुमार वली, महेश कुमार ओली, इन्द्र बहादुर बुढाथोकी र भरत देवकोटाको उम्मेदवारी परेको छ । पौडेललाई युनियन,चौतारी केपि प्यानल र जनपत्रकार संघको सहयोग रहेको छ भने बुढाथोकीलाई चौतारी माधव प्यानल र प्रेस संगठनको सहयोग रहेको छ । 

तीन जना निर्विरोध निर्वाचित 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानमा आइतबार परेको उम्मेवारी मनोयनमा तीन जना निर्विरोध निर्वाचित भएका छन् । खुल्ला महिला सदस्यमा मेघा रेउले, जनजाती सदस्यमा हरि प्रकाश पुन र समावेशी सदस्यमा गोपाल शर्मा निर्विरोध निर्वाचित भएका हुन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top