ट्रेण्डिङ

होमपेज / समाज

सिकार खेल्न गएका दाङका एकजनाको गोली लागेर मृत्यु

  सल्यान खबर डेस्क २०७७ चैत्र १४ गते शनिबार १३:२९:५० मा प्रकाशित

सिकार खेल्न गएका दाङका एकजनाको गोली लागेर मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार घोराही-१२ को जंगलमा शुक्रवार राति घटना भएको हो। गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top