ट्रेण्डिङ

होमपेज / समाज

त्रिवेणी गाउँपालिका वडा न ६ को सार्वजनिक सुनुवाई सम्पन्न

  सल्यान खबर डेस्क २०७७ चैत्र १० गते मंगलबार २१:२८:०९ मा प्रकाशित

चैत्र १०, सल्यान
त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. ६ को कार्यालय लुहाममा सम्पन्न भएको छ ।

मंगलबार गाउँपालिकाको कार्यालयबाट भइ रहेका सेवा प्रवाह, भौतिक पुर्वाधार निर्माण, बजेट लगायतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । जनताहरुलाई सुशासनको प्रत्याभूति दिन र आम जनमानसमा स्थानीय सरकारलाई सफल एवम सबल संस्थाको रुपमा स्थापित गर्नका लागि सार्वजनिक सुनवाई सम्पन्न गरेको  त्रिबेणी गाउँपालिकाले जनाएको छ।

आ.व. २०७७/७८ मा वडाले गरेका विकास निर्माणका कामहरुको बारेमा वडा सचिब दिपक गौतमले जानकारी गराएका थिए । कार्यक्रममा वडाका जनताहरुको राखेका प्रश्नहरुको जवाफ संम्बन्धीत शाखा प्रमुख तथा गाउँपालिका अध्यक्षले दिएका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले आ.व २०७७/७८ को चौमासिकमा शिक्षा शाखामा विनियोजित १ करोड ११ लाख ७७ हजार ५ सयमा ५८ लाख ४० हजार ९ सय ९० रुपैया खर्च भई ५२.२५ प्रतिशत खर्च भएको छ ।

यस्तै स्वास्थ्य शाखामा विनियोजित ८५ लाख ३० हजार २ सय मध्ये ३१ लाख ५५ हजार १ सय ८५ रुपैया गरी ३६.९८ प्रतिशत खर्च भएको छ । कृषि शाखामा विनियोजित ७० लाख ५० हजार मध्ये १३ लाख ४७ हजार १ सय ४४ रुपैया ५० पैसा गरी १९.१ प्रतिशत खर्च भएको छ । 

पशु शाखामा विनियोजित ४९ लाख ९७ हजारमध्ये १८ लाख ६६ हजार २ सय ३१ रुपैया ७९ पैसा गरी ३७.३४ प्रतिशत खर्च भएको छ । 
आ.व २०७७ /७८ को चौमासिकमा १५ करोड ९९ लाख ४३ हजार ४ सय ९६ मध्ये ४ करोड ११ लाख ६५ हजार ९ सय ६७ रुपैया १४ पैसा गरि २५.७३ प्रतिशत खर्च भएको छ । गाउँपालिकाको आ.व. २०७७ ७८ को कुल बजेट ४२ करोड ८८ लाख २२ हजार ७ सय २६ मध्ये ११ करोड ९८ लाख १९ हजार २ सय ९ रुपैयाँ खर्च भएको छ ।

कार्यक्रममा जवाफदेही वक्ताको रुपमा स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, प्राविधिक शाखाबाट ईन्जिनियर शिबराज गोसाई, शिक्षा शाखा प्रमुख गणेश प्रसाद आचार्य, कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबाल, पशु सेवा शाखा प्रमुख बसन्त रावत, गाउँ कार्यपालिका सदस्य कान्ती वलि, वडा सदस्य जीवलाल कामी, हिरा बिक, भोलाप्रसाद खड्का र त्रिबेणी गाउँपालिका भित्रका शिक्षक लगायत १ सय ५० भन्दा बढि स्थानीयहरुको सहभागिता रहेको थियो ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top