ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा उपाध्यक्ष कोसेली कार्यक्रम

  सल्यान खबर डेस्क २०७७ चैत्र ९ गते सोमबार १६:१९:५५ मा प्रकाशित

सल्यान : सल्यानमा आमाहरूलाई उपाध्यक्ष पोषण कोसेली कार्यक्रम सुरू गरिएको छ। एक हजार दिनका आमा तथा शिशुको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले उपाध्यक्ष पोषण कोसेली कार्यक्रम सञ्चालन भएको हो।

पोषिलो आहारले नै शिशु र आमाको स्वास्थ्य स्वस्थ हुने भएकाले सुनौलो हजार दिनका आमालाई लक्षित गरी पोषिलो कोसेली कार्यक्रम सञ्चालन गरिएको कालीमाटी गाउँपालिकाकी उपाध्यक्ष सहनशीलता वली डिसीले बताइन्। गाउँपालिका भरका हजार दिनका आमाहरूलाई पोषण कोसेली प्रदान गर्ने लक्ष्य रहेको उपाध्यक्ष डिसीको भनाइ छ।

‘हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणप्रति घरपरिवारलाई जागरुक गराउन यस्तो कार्यक्रम सञ्चालन गरेका हौं,’ उनले भनिन्‌। उनका अनुसार ​पोषण कोसेली कार्यक्रममा एक क्यारेट अण्डासँगै सरसफाइको लागि साबुन, ब्रस, मञ्जन, नेलकटर वितरण गरिएको हो।

कार्यक्रमले आमा र बच्चामा देखिने कुपोषण घटाउने लक्ष्य लिएको उनको भनाई छ। पोषणको अवस्थामा सुधान ल्याउन र संस्थागत सुत्केरीको संख्या बढाउनको लागि कोसेली कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top