ट्रेण्डिङ

होमपेज / समाज

बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न सल्यानमा ट्राफिक चिन्ह

  सल्यान खबर डेस्क २०७७ चैत्र ७ गते शनिबार १५:३९:१६ मा प्रकाशित

चैत ७,सल्यान 
बढ्दो सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन गर्न भन्दै सल्यानमा ट्राफिक चिन्ह राख्ने कार्य सुरु गरिएको छ । 

बजार क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न भन्दै जिल्लाको बागचौर नगरपालिकामा भित्र ट्राफिक चिन्ह राखिएको हो । बागचौर नगरपालिका सल्यान र थारमारे ट्राफिक पोष्टको सहकार्यमा ट्राफिक चिन्ह राखिएको नगरपालिकाले जनाएको छ ।

ट्राफिक चिन्ह नहुँदा दुर्घटना बढ्न सक्ने तथा नयाँ सवारी चालकलाई पनि सहज हुने भएकाले नगरपालिका भित्रका सबै बजार क्षेत्रका ट्राफिक चिन्ह राखिन थालेको थारमारे ट्राफिक पोष्ट प्रमुख विरेन्द्र कठायतले  जानकारी दिए । उनले भने ‘सर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धी सचेतना पनि हुने, दुर्घटनामा पनि कमी ल्याउने उद्देश्यका साथै चिन्ह राख्न थालेका हौं ।’ 

केही अघि मात्र साघुँरो मोडलाई कटिङ गरी चौडा बनाउने कार्य समेत भएको थियो । नगरपालिकाका सबै बजार क्षेत्रमा चिन्हहरु राखिने नगरपालिका प्रमुख लोकमान बुढाथोकीले बताए । सामाजिक कार्यहरु गर्न नगरपालिका सदैव तत्पर रहेको बताउँदै उनले आगामी दिनहरुमा पनि यस्ता कार्यहरुमा नगरपालिकाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top