ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा आगलागी हुँदा दुई घर जलेर नष्ट

  सल्यान खबर डेस्क २०७७ चैत्र ६ गते शुक्रबार १२:२८:२८ मा प्रकाशित

चैत ६,सल्यान  
कपुरकोट गाउँपालिका २ दानवाङमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् भने एक घरमा सामान्य क्षति भएको छ । 

स्थानीय शुक बहादुर बुढा र खर्क बहादुर घर्तीको फुसको छाना भएका दुई घर पूर्ण रुपमा जलेर नष्ट भएको गाउँपालिकाले जनाएको छ । केशर घर्तीको जस्ता पाताले छाएको घरको एक तर्फको भाग जलेको पिडितले जानकारी दिए । 

आगलागीबाटे घरमा रहेको अन्नपात, लत्ता कपडा र शुक बहादुर को नगद १५ हजार र खर्क बहादुरको दुई लाख ५० हजार नगद र एब तोला सुन नष्ट भएको छ । घरमा कोही नभएको समयमा अकस्मात आगलागी भएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।  

स्थानीय, नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएकाले अन्य घरहरु जल्नबाट जोगिएको प्रहरी चौकी कपुरकोटका प्रमुख यम बहादुर बस्नेतले जानकारी दिए । 
 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top