ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको त्रिवेणी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

  सल्यान खबर डेस्क २०७७ चैत्र ५ गते बिहीबार १७:३५:४३ मा प्रकाशित

चैत ५,सल्यान 
जिल्लाको त्रिवेणी गाउँपालिका ४ पुरानो दरवारमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका पशु सेवा शाखाको आयोजनामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

शिविरमा १ सय ९३ किसानका १ हजार ७ सय ८८ बाख्रा, १ हजार ३ सय ११ कुखुरा, ८४ गाईगोरुलाई निःशुल्क औषधी वितरण गरिएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए । यस्तै ६ सय ८९ बाख्रालाई डिपिङ ड्रेन्चिङ गरिएको छ भने २ वटा बिरालो र २० वटा कुकुरलाई निःशुल्क रेविज विरुद्धको खोप लगाइएको छ । शिविरमा २ वटा गोरु र २२ बोकालाई क्यास्टेसन गरिएको रावतले बताए । 

प्राविधिबाट टाढा रहेका कृषकहरुलाई स्वस्थ्य पशु पालन गरी स्वच्छ पशुजन्य पदार्थ दुध, फुल र मासु उत्पादनमा प्राविधिक परामर्श दिई जन चेतना जगाउने र पशु सेवा शाखाको सेवालाई विस्तार गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको शाखा प्रमुख रावतले बताए । शिविरमा किसानहरुलाई पशुपंक्षीहरुमा लाग्ने रोग सम्बन्धी प्रवद्धधानात्मक ज्ञान दिने काम पनि भएको उनको भनाई छ । 

कार्यालयका अनुसार केही दिनमै वडा न १, ३ र ५ न वडामा डिपिङ डे«न्चिङ लगायत परामर्श शिविर सञ्चालन गरिने छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top