ट्रेण्डिङ

होमपेज / समाज

पहिलोपटक कालिमाटी गाउँपालिकाको केन्द्रमा बिजुली बत्ति बल्दा खुशीले नाँचे स्थानीय

  सल्यान खबर डेस्क २०७७ फाल्गुण ११ गते मंगलबार १६:१०:४२ मा प्रकाशित

फागुन ११,सल्यान 
बत्ती मुनीको अध्यारो भने झै छिमेकी जिल्लाहरु दाङ, बाँके, बर्दिया र सुर्खेतसँग सिमा जोडिएको सल्यानको कालिमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक बिजुली बत्ती बलेको छ । 

छिमेकी जिल्लाका नागरिक बत्तीको झिलिमिलिमा रमाएको वषौंको प्रतिक्षा पछि  गाउँपालिकाको केन्द्रसम्म बिजुली पुग्दा खुशीयाली छाएको छ । अन्य ठाउँमा बिजुली बत्ती बलेको देख्दै आएपनि वैकल्पिक उर्जाको साहारामा जीवन चलाउँदै आएको वषौं पछि आफ्नै गाउँमा बिजुली बत्ती पुग्दा स्थानीय नाँचगान गरी रमाएका छन् । 
स्थानियहरुले गाउँमा बिजुली आएको खुसियालिमा सोरठी, टप्पा लगायत मौलिक लोक कला संस्कृति प्रदर्शन गरेका हुन । पहिलो पटक विद्युत आएपछी अब बिकासका धेरै सम्भावनाहरु खुल्ला भएको स्थानिय शसिराम ओलिले बताए । 

उज्यालो कालिमाटी गाउँपालिका अभियान संचालन गरेको गाउँपालिकाले आफ्नै लगानिमा विजुली बाल्न सफल भएको हो । एक करोड ३८ लाख रुपैयाँको लागतमा आ व २०७६र०७७ को स्वीकृत बजेट अन्तर्गत कालिमाटीमा विद्युत विस्तार भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोरख बहादुर थापाले जानकारी दिए । दाङबाट जोडिएको विद्युतले तत्काल सात सय बढी घरधुरिमा उज्यालो छाउने छ भने यस विद्युत लाइनले तीन हजार घर धुरिलाई सुबिधा प्रदान गर्ने छ । 

यस अघि वडा न १ को लक्ष्मिपुरमा करिव ५ सय सय घरधुरिमा र वडा न ३ को लामिडांडाको ४० बढी घरधुरीमा विजुली बत्ती पुगेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए । 
केही सातामै ४ करोड ५२ लाख को लागतमा बांकी रहेका वडाहरुमा विद्युतिकरणको काम सुरु हुने गाउँपालिकाले जनाएको छ । विद्युत सहकारी र गाउंपालिकाको साझेदारिमा  योजना संचालन हुन लागेकी उपाध्यक्ष सनशिलता ओलि डिसीले बताइन । साथै गाउंपालिकाकै ४० लाख रुपैयाँको लागतमा यस वर्ष नै थप काम हुने उनले बताइन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top