ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा पानीका स्रोत संरक्षण गर्न रिचार्ज पोखरी

  सल्यान खबर डेस्क २०७७ फाल्गुण १० गते सोमबार १८:०३:२१ मा प्रकाशित

फागुन १०,सल्यान 
जिल्लामा पानीका मुहना सुक्दै जानथाले पछि  रिचार्ज पोखरी निमार्ण थालिएको छ  । पर्यावरण तथा पोखरीको स्रोत संरक्षणका लागि रिचार्ज पोखरी निमार्ण गरिएको छ । 

गत वर्ष वडाको कार्यक्रममा वडा न विभिन्न स्थानमा २० वटा रिचार्ज पोखरी निमार्ण गरिएको बागचौर नगरपालिका ३ का वडा अध्यक्ष टिकाराम केसीले बताए । गत आर्थिक वर्षमा २० वटा र यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थप २० वटा पोखरी खन्ने कार्यक्रम रहेको उनले बताए । पानीका मुहान र पर्यावरण संरक्षणमा रिचार्ज पोखरी निकै प्रभावकारी देखिएको केसीे बताए । उनले भने ‘विगतमा भएका पानीका मुहान र पोखरी सुक्दै गएकाले वनजंगलमा रिचार्ज पोखरी निमार्ण गरिएको हो ।’ गत वर्ष वडाको १ लाख ५० हजारको लागतमा पोखरी निमार्ण गरिएको उनले बताए । 

सल्यान जस्तो ढडेलोको उच्च जोखिम रहेको जिल्लामा रिचार्ज पोखरीको अत्यान्तै महत्व रहेको डिभिजन वन कार्यालय सल्यानका कार्यालय प्रमुख रमेश गिरीले बताए । उनले भने ‘ठाउँ ठाउँमा रिचार्ज पोखरी भए एकातिर पर्यावरणको संरक्षणमा मद्यत पुग्छ भने अर्को तिर डढेलोको उच्च जोखिम रहेको जिल्लामा डढेलो नियन्त्रणमा पनि उत्तिकै भूमिका खेल्छ ।’ 

पोखरी निमार्णबाट तल्लो भागमा रहेका पानीको मुहानको संरक्षणमा मद्यत पग्नुका साथै जंगली जनावरलाई पिउने पानीको आपूर्ति समेत भइरहेको स्थानीय चन्द्र  प्रकाश शर्माले बताए । पोखरी निमार्णले पोखरी आसपासमा चिस्यान कायम भई बोटविरुवा हुर्कन मद्यत पुगी पर्यावरण संरक्षणमा सकारात्मक प्रभाव पारको उनको भनाई छ । 
उनले भने ‘पोखरीमा जम्मा भएको पानीबाट सुख्सायाममा पोखरी आसपासमा वनजन्य खेती गरी सिचाई गर्न र जंगलमा आगलागि भइहाले आगो नियन्त्रण गर्न पनि यसले सहयोग पुग्ने आशा लिएका छौं ।’ 

पोखरी निमार्ण र संरक्षणको काम पहिले पहिले पनि परम्परागत रुपमा हुने गरेको भएता पनि पछिल्लो समय हराउँदै जान थालेको थियो । अहिले स्थानीय सरकारले पुनः यसलाई निरन्तरता दिन थालेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top