ट्रेण्डिङ

होमपेज / समाज

सल्यान कारागारमा बस्दै आइरहेका पाँच बालबालिका खुला आकाशमा

  सल्यान खबर डेस्क २०७७ फाल्गुण ७ गते शुक्रबार १५:४७:३४ मा प्रकाशित

फागुन ७,सल्यान 
आमाबुवासँगै कारागारमा बस्दै आइरहेका पाँच बालबालिका खुला आकासमा आएका छन् । 
आमाबुवाले गरेको गल्तीका कारण कारागारमै बस्दै आइरहेका पाँच बालबालिकाहरु प्रजातन्त्र दिवसको अवसरमा आमाबुवाको कैद मिनाहा भएपछि आमाबुवासँगै खुला आकासमा प्रवेश गरेका हुन । 

घरमा संरक्षकको अभावहुँद कारागारमा आमाबुवासँगै बस्दै आइरहेका पाँच बालबालिका खुला आकासमा गएको कारागारका जेलर बल बहादुर केसीले बताए । बहुविवाह गरी कारागार बस्दै आइरहेका आमाबुवासँगै ती बालबालिका लामो समयदेखि कारागारमा बस्द आइरहेका थिए । 

७१ औं प्रजातन्त्र दिवसको अवसरमा सल्यान करागारबाट सात कैदीबन्दीको कैद मिनाहा भएको छ । बहुविवाह र कतव्र्य ज्यान मुद्धाका सात कैदीबन्दीको कैद मिनाहा गरिएको हो । 
दुई महिला र पाँच पुरुष गरी सातजनाको कैद मिनाहा गरिएको जिल्ला कारागार सल्यानका जेलर बल बहादुर केसीले बताए । उनका अनुसार पाँच जना बहुविवाह र दुई जना बहुविवाह मुद्धामा ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top