ट्रेण्डिङ

होमपेज / समाज

त्रिवेणी गाउँपालिकाद्धारा किसानलाई उत्नत जातका बोका वितरण

  सल्यान खबर डेस्क २०७७ फाल्गुण ४ गते मंगलबार १८:०३:१२ मा प्रकाशित

फागुन ४,सल्यान 
सल्यानको त्रिवेणी गाउँपालिकाले किसानलाई उन्नत जातका बोका वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बिच किसानहरुलाई बोका वितरण गरेको हो । गाउँपालिकालाई पशु विकास र कृषि उत्पादनको पकेट क्षेत्र बनाउने नीति अनुरूप व्यावसायिक बाख्रापालनलाई उत्प्रेरित गर्न बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावअनुसार नीतिगत मापदण्डभित्र परेका समूह, सहकारी र व्यक्तिगत फर्मलाई५० प्रशितशत अनुदानमा बोका वितरण गरिएको  पशुसेवा शाखाका बसन्त रावतले बताए । उनका अनुसार १० वटा उन्नत बोका वितरण गरिएको छ ।

परम्परागत बाख्रापालनलाई क्रमशः व्यावसायिक गर्दै लैजानु र उत्पादनलाई बढवा दिई कृषकको आर्थिक अवस्थालाई उकास्ने लक्ष्यका साथ बोका वितरण गरिएको रावतको भनाई छ । गत आर्थिक वर्षमा पनि गाउँपालिकाले बोका वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top