होमपेज / समाज
प्रकाश शर्मा फागुन १,सल्यान
दार्मा गाउँपालिका सल्यानको आठौं गाउँ सभा सम्पन्न भएको छ । आठौं गाउँ सभाले विभिन्न पाँच ओटा ऐनहरू पारित गरेको छ ।
सभाले दार्मा गाउँपालिकाको शिक्षा ऐन, २०७७, दार्मा गाउँपालिकाको गाउँ प्रहरी ऐन, २०७७,, दार्मा गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७७, दार्मा गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७र दार्मा गाउँपालिकाका प्रशासकीय कार्यविधि ९नियमित गर्ने ऐन, २०७७ पास गरेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष टीका शर्मा, ओलीले प्रस्तुत गरेको बजेट संशोधन प्रस्ताव पनि सभाले पारित गरेको छ । सभामा उपाध्यक्ष शर्माले राजश्व समीक्षा प्रतिवेदन समेत प्रस्तुत गरेकी थिइन । त्यसैगरी गाउँपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउन आवश्यक पर्ने गाउँ प्रहरी ऐन बमोजिम गाउँ प्रहरीको दरबन्दी समेत स्वीकृत गरेको छ । यस आर्थिक वर्षका लागि तय गरिएको रोकौं महामारी, उठाऔं पूर्वाधार बढाऔं उत्पादन, बनौं स्वरोजगारु भन्ने नारालाई सार्थक बनाउन गाउँसभाले थप दिशा निर्देशन गरेको छ ।
साथै लामो समय स्वास्थ्य क्षेत्रमा सेवा गरी अनिवार्य अवकाश प्राप्त सि अहेव नवराज शर्मा लाई प्रसंशा पत्र प्रदान र हीरालाल केसी र विनोदबाबु केसी निर्मित दर्माली घाउटा र उज्यालो दार्मा गीत पनि प्रदर्शन गरिएको थियो।





.jpg)