होमपेज / समाज
प्रकाश शर्मा माघ २०,सल्यान
चालु आर्थिक वर्ष २०७७/०७८ को छ महिनाको बिचमा दार्मा गाउँपालिको न्यायिक समितिमा ९० मुद्दा परेका छन् । चालु आ.व.को साउन देखि पुस मसान्तसम्म ९० मुद्दा न्यायिक समितिमा परेको गाउँपालिले जनाएको छ ।
समितिमा परेका ९० मुद्दा मध्ये ६१ मुद्दा मेलमिलापको माध्यमबाट फच्यौट गरिएको न्यायिक समिति संयोजक तथा उपाध्यक्ष टिका शर्माले बताइन । जसमध्ये २९ मुद्दा प्रक्रियामा रहेको उनको भनाई छ । पछिल्लो समय न्यायिक समितिमाथि नागरिकको विश्वास बढेको उपाध्यक्षको भनाई छ ।
न्यायिक समितिले घरेका मुद्दाको फच्यौटले सेवाग्राही सन्तुष्ट हुन थालेपछि न्यायिक समितिमा मुद्दा आउने संख्यामा वृद्धि भएको समेत बताइन । मुद्दालाई राजनीतिक हिसाबले हेर्ने भन्दा पनि न्याय अन्यायलाई प्राथमिकता दिदाँ समितिमा मुद्दा आउने क्रम बढेको उनको भनाई छ ।
न्यायिक समितिमा बढी मात्रामा गाली बेइज्यती, खानेपानी, आलि धुर विवाद, सिमा विवाद, घरेलु हिंसा लगायतमा मुद्दा आउने गरेका छन् । न्यायिक समितिको क्षेत्राधिकार भित्र रहेका मुद्दालाई हेर्ने गरेको बताउँदै शर्माले क्षेत्राधिकार बाहिर आएका मुद्दालाई सम्बन्धीत निकायमा जान सहजीकरण गर्दै आइरहेको बताइन ।





.jpg)