ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अटो दुर्घटना हुँदा ४ जना घाइते

  सल्यान खबर डेस्क २०७७ माघ ४ गते आइतबार १६:१९:२२ मा प्रकाशित

माघ ४,सल्यान 
सल्यानमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ जयतपानीबाट सदरमुकाम खलंगा आउँदै गरेको रा १ ह ३५५० नम्बरको अटो आइतबार बिहान शारदा नगरपालिका–८ सिमखर्कको सबुज चौतारामा दुर्घटना हुँदा चार जना घाइते भएका छन्  । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक बन्गाड कुपिण्डे नगरपालिका–९ जयतपानीका १७ वर्षीय विमल बुढाथोकी र स्थानीय १७ वर्षीय आषिक कुँवरलाई उपचारको लागि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।

घाइतेमध्ये २४ वर्षीया प्रेमी यरी र १८ वर्षीया सुष्मा रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको र रेउलेको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।  तीव्र गति तथा ब्रेक फेल भएका कारण भित्तामा ठोक्किएर अटो दुर्घटना भएको प्रहरीले बताएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top