ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका सडकमा अलपत्र नौ जनाको उद्दार

  सल्यान खबर डेस्क २०७७ पौष २७ गते सोमबार ०८:३२:१९ मा प्रकाशित

पुस २७,सल्यान 
जिल्लाका विभिन्न ठाउँमा सडकमा जीवन विताइरहेका ९ जनाको उद्दार गरिएको छ । सडक मानवमुक्त बनाउने उद्देश्यले सडकमा अलपत्र परेकाहरुको उद्दार गरिएको हो । 

सदरमुकाम खलंगा, श्रीनगर, छत्रेश्वरी लगायतका विभिन्न ठाउँमा सडकमा अलपत्र परेका मानवहरुलाई निलसागर असहाय असक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्ज पठाइएको रेस नेपाल सल्यानकी कार्यक्रम संयोजक मीना बुढाथोकीले बताइन । घरबार बिहिन अवस्थामा खुला आकाशमुनी बस्नु पर्ने बाध्यता र हिउँदको कठ्याग्रिने जाडोको पिडालाई बोध गरी ९ जनालाई नेपालगञ्ज पठाइएको उनको भनाई छ । 

सल्यानमा अझै धेरै सडकमा अलपत्र परेका मानवहरु रहेको बताउँदै उनीहरुलाई पनि उद्दार गरिने शारदा नगरपालिका सल्यानका नगरप्रमुख सुरेश अधिकारीले बताए । सडकमा नारकिय जीवन विताइरहेका मानवहरुको उद्दारमा हातेमालो गर्न उनले सबैलाई आग्रह समेत गरे । 
कर्णाली प्रदेश सरकारले एक वर्ष अघि प्रदेशलाई सडक मानवमुक्त प्रदेश घोषणा गरी सकेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top