होमपेज / समाज
पुस २२,सल्यान
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको साधारण सभा माघ १० गते हुने भएको छ । महासंघ बुधबार बसेको बैठ्कले माघ १० गते नेपाल पत्रकार महासंघको आफ्नै भवनमा गर्ने निर्णय गरेको हो ।
साधारण सभामा उपस्थितिका लागि सम्पूर्ण साधारण सदस्यहरुलाई आग्रह गरिएको अध्यक्ष प्रतीक इच्छुक शर्माले आग्रह गरे । साधारण सभामा सांगठनिक, आर्थिक लगायतका सबै प्रतिवदेन पेश हुने उनले बताए । मंसिरमा हुनु पर्ने साधारण सभा विश्वभर फैलिएको कोभिड १९ का कारण पछि सरेको उनको भनाई छ ।
यस्तै वैठ्कले पत्रकारिता पुरस्कारका लागी तीन सदस्सीय समिति गठन गरेको छ । महासंघको साधारण सभामा पुरस्कार प्रदान गर्ने गरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाह संयोजक, महासंघका सल्लाहाकार सनत शर्मा र अध्यक्ष प्रतीक इच्छुक शर्मा सदस्य रहेको समिति गठन गरेको छ ।
सल्यानमा ५० हजार राशीको अजिता स्मृति पत्रकारिता पुरस्कार, १० हजार राशीको शालिकराम शर्मा स्मृति पत्रकारिता पुरस्कार र ५० हजार ५१ रुपैयाँ राशीको संस्थापक पत्रकारिता पुरस्कार रहेका छन् ।





.jpg)