होमपेज / समाज
पुस १४,सल्यान
जिल्लाको छत्रेश्वरी गाउँपालिका २ ले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
सोमबार जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यानो कपडा स्वरुप जकेट, टोपी ,ट्राउजर ,पन्जा ,मोजा लगाएतका न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष प्रेम खड्काले बताए । जिल्लामा दिनदिनै चिसो बढ्दै गएको छ,उनले भने आफ्नो वडाभित्रका जेष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण थालेका हौं । वडा का पाँच वटै टोलमा पुगी जेष्ठ नागरिकहरुलाई कपडा वितरण गरिएको उनको भनाई छ । गत वर्ष पनि वडा कार्यालयले जेष्ठ नागरिकहरुलाई न्योनो कपडा वितरण गरेको थियो ।
चिसो बढेसँगै वडामा रहेका ७० वर्ष उमेर भन्दा माथिका ३७ वृद्धवृद्धालाई चिसोबाट जोगाउनका न्यानो कपडा वितरण गरेको हो । वृद्धवृद्धालाई न्यानो कपडा स्वरुप कमलसहित आवश्यक न्यानो कपडा वितरण गरीएसँगै सर्वसाधरण खुशी भएका छन् ।





.jpg)