ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा करेन्ट लागेर युवकको मृत्यु

  सल्यान खबर डेस्क २०७७ पौष १० गते शुक्रबार १८:२६:०२ मा प्रकाशित

 पुस १०,सल्यान 
सल्यानको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

दाङबाट दहखोला जाँदै गरेको ना ६ ख २९६२ नको बसका सहचालकको करेन्ट लागेर मृत्यु भएको हो । 
लेखपोखरामा गाडीको छतबाट सामान झार्ने क्रममा मेन लाइनमा छुँदा दाङ दंगिसरण गाउँपालिका ३ का २१ वर्षीय सहचालक राजेश डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

मृतक डाँगीको शबलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिए  ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top