ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अपराधिक घटनाहरुमा बृद्धि

  सल्यान खबर डेस्क २०७७ मंसिर २१ गते आइतबार २१:३२:०३ मा प्रकाशित

मंसिर २१,सल्यान 
सल्यानमा अपराधिक घटनाहरुमा बृद्धि भएको पाइएको छ । गत आर्थिक बर्ष २०७५ चैत ११ गते देखी २०७६ साल मंसिर २१ गते सम्मको भन्दा सरकारले घोषणा गरेको लकडाउन देखी हाल सम्मको तथ्यांकलाई हेर्दा आपराधिक गतिबिधिहरुमा बृद्धि भएको पाइएको हो । 

लकडाउन शुरु भएदेखी हालसम्म जिल्लामा ५१ वटा आपराधिक घटनाहरु भएका छन् । तर अघिल्लो आर्थिक बर्षको सोही अबधिमा ४७ अपराधिक घटनाहरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत शारदा नगरपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानको संयुक्त आयोजनामा आइतवार आयोजित १ दिवसीय अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक भएको हो । 

सल्यान प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक गोबिन्द थापाले लकडाउनको अबधिमा भएका आपराधिक गतिबिधिहरुको तथ्यांक सार्वजनिक गर्दै गत बर्षको सोही अबधिको भन्दा धेरै घटनाहरु भएको बताए । उनका अनुसार यस अबधिमा जवरजस्ती करणी र उद्योगका २८, बालबिवाहका ३ र बहुबिवाहका २० वटा घटनाहरु घटेका छन् । अघिल्लो आर्थिक बर्षको सोही अबधिमा जवरजस्ती करणी र उद्योगका १९, बालबिवाहका ५ र बहुबिवाहका २३ वटा घटनाहरु घटेका थिए । 

अघिल्लो बर्षको तुलनामा यस अबधिमा ४ वटा बढी आपराधिक घटनाहरु भएको उनको भनाई छ । यस्तै लकडाउन देखी हाल सम्ममा ७२ जनाले आत्महत्या गरेका छन् ।  कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय सल्यानका प्रमुख, सहायक न्यायधिबक्ता भीमसेन काफ्ले र महिला अधिकारकर्मी तथा प्रत्रकार मिना बुढाथोकीले लैगिक हिंसा र मानवअधिकारका बिषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top