होमपेज / समाज
मंसिर २१,सल्यान
जिल्लाको त्रिवेणी गाउँपालिकामा कोभिड–१९ अस्थायी अस्पताल स्थापना गरिएको छ । अस्पतालको आज गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले उद्घाटन गरे ।
यसअघि सरकारले देशभरका स्थानीय तहमा तीन महिनाका लागि कोभिड–१९ अस्थायी अस्पताल खोल्ने निर्णय गरेको थियो । सोही योजनाअन्तर्गत लुहाममा अस्पताल सञ्चालनमा ल्याइएको हो ।
अस्पतालका लागि गाउँपालिकाले निमार्ण गरेको भवन प्रयोगमा ल्याइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको भौतिक संरचना र जनशक्ति व्यवस्थापनका लागि रु दश लाख उपलब्ध गराएको थियो । एक जनस्वास्थ्य अधिकृत, दुई नर्स र एकजना कार्यालय सहयोगी सेवामा खटिएका छन् ।
गाउँपालिका अध्यक्ष डाँगीले अस्पताल स्थापनासँगै कोरोना सङ्क्रमितको उपचार, हेरचाह र परामर्श सेवा सहज भएको बताए। उनले कोरोना व्यवस्थापन र रोकथाममा गाउँपालिकाले चालू आवमा आवश्यक बजेट छुट्याएको उल्लेख गरे ।अस्तपालको सेवालाई थप स्तरीय र प्रभावकारी बनाउँछौँ”, उनले भने ।





.jpg)