होमपेज / समाज
मंसिर १८,सल्यान
मोटरसाइकल दुर्घटनामा घाइते सिद्ध कुमाख गाउँपालिका –३ का अतिराम बुढाथोकी उपचारको क्रममा मृत्यु भएको छ ।
मंगलबार जिल्लाको शारदा नगरपालिका –१ श्रीनगर पेट्रोलपम्प नजिकै मोटरसाइकल दुर्घटनामा बुढाथोकी गम्भीर घाइते भएका थिए ।
कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा बुधबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मोटरसाइकलको पछाडी बसेका बुढाथोकीको सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको थियो ।
मोटरसाइकल चालक भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले बताए ।