ट्रेण्डिङ

होमपेज / समाज

दार्माका दुगर्म बस्तीमा सोलार वितरण

  सल्यान खबर डेस्क २०७७ मंसिर १४ गते आइतबार १७:५०:४३ मा प्रकाशित

प्रकाश शर्मा मंसिर १४,सल्यान 
जिल्लाको दार्मा गाउँपालिकाका दुर्गम एवं विपन्न परिवारलाई सोलार सेट वितरण गरिएको छ ।

गाउँपालिकाको वडा न ३ का दुर्गम बस्तीमा रहेका घरपरिवारलाई निःशुल्क सोलार वितरण गरिएको हो । 
तत्काल विद्युत विस्तार गर्न नसकिने वडाका नागरिक र हालसम्म सोलार किन्न नसकेका ३९ घरधुरीलाई सोलार वितरण गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।

गाउँपालिकाको वडा न –३ का मैनेरी, कल्लेरी, डौरीखोला, लामजिले, कालिगिरे र दाँगबान क्षेत्रका ३९  घरधुरी र एक प्राथमिक विद्यालयलाई ५० वाटको सोलार वितरण गरिएको उनको भनाई छ । पहाडी साना किसान अनुकुलन आयोजनाको आर्थिक तथा प्राविधि सहयोग र दार्मा गाउँपालिकाको साझेदारीमा दुर्गम र विपन्न परिवारलाई निःशुल्क सोलार वितरण गरिएको अध्यक्ष केसीले बताए । 

आगामी दिनमा गाउँपालिकाका झन्डै दुई  सय घरपरिवारलाई सोलार वितरण गर्ने योजना गरहेको केसीले बताए । टुकिको सहारामा रातमा काम गर्नु पर्ने समुदायका लागि कार्यक्रम उपयोगी भएको वडा न ३ का वडाध्यक्ष सेतिराम रोकाले बताए ।  सोलार वितरणले महिला तथा बालबालिकाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top