होमपेज / समाज
मंसिर ११,सल्यान
शारदा नगरपालिका सल्यानले आफ्नो अनुदानमा निर्मित सल्यान जिल्ला अस्पताल भवन बिहिबार अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकोछ।करिव सवा २ करोड रुपैयाको लगानिमा निर्मित ३ तले भवन नगरका नगर प्रमुख सुरेश अधिकारिले अस्पताललाई हस्तान्तरण गरेका हुन ।
सल्यान अस्पताल भवन जिर्ण अवस्थामा रहेको र सेवा प्रवाहमा समस्या देखिए पछी नगरले अस्पताल भवन निर्माण गर्न प्रथम साधारण सभाबाट बजेट बिनियोजन गरेको थियो।
हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले सल्यान अस्पताल समग्र जिल्लाका नागरिकहरुको स्वास्थ्यको भरोसाको केन्द्र भएकाले शारदा नगरपालिकाले भवन निर्माणको जिम्मेवारी लिएको बताए ।उनले सिमित श्रोत र आफ्नो नगरका १५ वटा वडामा पुग्ने बजेटमा सम्झौता गरेर भएपनी जिल्लावासीको स्वास्थ्य दायित्व पुरागर्न नगरका सवै जनप्रतिनिधीहरुको सहयोगमा भवनको निर्माण गरिएको बताए ।
अधिकारीले भवन निर्माणका अलावा नगरले अस्पतालका लागि अन्य भौतिक र प्राबिधिक सहयोग गरेको पनि बताए ।नगरले अस्पतालका लागि एक्सरे मेसिन,जेनेटर,भवन र अन्य लजिस्टिक सहयोग गरि ५ करोड बढिको सहयोग गरेको उनको भनाई छ । अधिकारीले अस्पतालको सेवा लाई प्रभावकारी र विश्वसनीय बनाउन भुमिका खेलेकोमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाइ आभार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष सिपि ओलिले स्वास्थ्य जस्तो महत्वपुर्ण क्षेत्रमा लगानी गरि जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएकोमा नगर प्रमुख लगाएत नगरका सवै जनप्रतिनिधीहरुलाई उहाले धन्यवाद ब्यक्त गरे ।सल्यान अस्पतालमा उपचार गर्न शारदा नगरवासी मात्र नभएर सल्यान जिल्लाबासी सहित छिमेकी जिल्लावासी समेत आउने गरेको उल्लेख गर्दै ओलिले अस्पताललाई यो स्तरमा पुर्याउन नगरले महत्वपुर्ण भुमिका खेलेको स्पस्ट पारे ।





.jpg)