ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७७ मंसिर ३ गते बुधबार १६:५२:५२ मा प्रकाशित

मंसिर ३,सल्यान 
सल्यानमा गुडि रहेको बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । सल्यानको वाफुखोलाबाट दाङ्ग जादै गरेको ना ५ ख १००१ न बसको ढोकाबाट खस्दा सल्यान बागचौर नगरपालिका ११ वाफुखोलाका २१ वर्षीय एकराज खड्काको मृत्यु भएको हो ।

 बुधबार बिहान बागचौर नगरपालिका २ खरिबोट नजिकै बसबाट खसी गम्भिर घाइते खड्काको जनप्रिय पोलिक्लिनिक बागचौरमा उपचार हुन नसके पछि सल्यान जिल्ला अस्पताल लगिएको थियो । थप उपचारका लागि सल्यान अस्पताल पु¥याएका खड्कालाई अस्पताल लगे लगत्तै डा.ले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको र अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top