ट्रेण्डिङ

होमपेज / समाज

अदुवा खेतीमा लागे त्रिवेणीका किसान

  सल्यान खबर डेस्क २०७७ कार्तिक २५ गते मंगलबार १५:१४:१५ मा प्रकाशित

रुकुम पश्चिम  त्रिवेणी गाउँपालिकाका किसानले यसवर्ष खेतबारीमा लगाएको अदुवा खेती फस्टाउँदै गएको छ।

जिल्लामै अदुवा पकेट क्षेत्रको रूपमा चिनिएको त्रिवेणीका १० वटै वडामा किसानले लगाएको अदुवा खेती फस्टाएको हो। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानले नगदेबालीको रूपमा वर्षेणी अदुवा खेती गर्दै आएका छन्। 

अन्नबाली भन्दा नगदे बालीका रूपमा लिइएको अदुवा खेतीबाट राम्रो आम्दानी भएकाले त्रिवेणीका १० वटै वडाका किसानले अदुवा खेती गर्दै आएका हुन्। अदुवा उत्पादनका लागि पकेट क्षेत्रका रूपमा चिनिएको त्रिवेणीमा यसवर्ष पनि किसानको पाखो र खेतबारीमा लगाएको अदुवा फस्टाएको छ।

अदुवा खेतीमा गहुँ तथा मकै बाली जस्तो धेरै दुख नहुने भएकाले यसबाट गाउँमै राम्रो आम्दानी गर्न सकिने किसान रोशन ओलीको भनाई छ। त्रिवेणीको दहबाङ्गमा यसवर्ष अदुवा प्रशोधन केन्द्र समेत निर्माण भएकाले यहाँका किसानमा थप उत्साह बढेको छ

 किसानले वर्षेनी उत्पादन गरेको अदुवा निर्यात गर्दा विचौलियाका कारण बजार भाउमा समस्या देखिएकामा गाउँपालिकाले नै १० वटै वडाका अदुवा किसानलाई लक्षित गरी यसवर्ष अदुवा प्रशोधन केन्द्र स्थापना गरेको छ। 

गाउँपालिका अध्यक्ष झक्कुप्रासद घर्तीले भने अदुवा प्रशोधन मेसिन ल्याउन लागिएको र केही समयभित्रै प्रशोधनको काम शुरु हुने बताए। अदुवा प्रशोधन केन्द्र स्थापना भएसँगै गाउँपालिकाका तीन  हजार ५६५ घरधुरी लाभान्वित हुने भएका छन्। त्रिवेणीको मुरु, खारा र पेउघाका किसानको खेतबारीमा वर्षेनी चार टनभन्दा धेरै अदुवा उत्पादन हुने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top