ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा कोरोनाबाट एक जनाको मृत्यु

प्रमुख व्यापारिक केन्द्र श्रीनगर एक हप्ता सिल

  सल्यान खबर डेस्क २०७७ कार्तिक २३ गते आइतबार १२:००:३८ मा प्रकाशित

कात्तिक २३, सल्यान 
सल्यानमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ का एक पुरुषको घरमै मृत्यु भएको हो । 

आफ्रनै घरको आइसोलेसनमा बस्दै आइरहेका उनको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । अन्य रोगबाट विरामी भएका उनको केही दिन अघिमात्र स्वाब संकलन गरिएको थियो । मृत्तकको दाहसंस्कार गरी रहेकै अवस्थामा उनको कोरोना पोजेटिभ आएको थियो । 

प्रमुख व्यापारिक केन्द्र श्रीनगर एक हप्ता सिल 

एक स्थानीयको कोरोना भाइरसबाट मृत्यु भएपछि जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार एक साताका लागि सिल गरिएको छ । भाइरसबाट एक जनाको मृत्यु भएको, एक व्यापारी कोरोना भाइरसबाट सिकिस्त विरामी भएको र कोभिड १९का  लक्षण सहित  अन्य व्यक्तिहरु पनि फेला परेपछि एक साताका लागि बजार बन्द गरिएको छ । 

आइतबार देखि २९ गते सम्म शान्तिनगर, श्रीनगर, शितलपाटी देखि बेलघारीसम्म बिहान ६ बजेदेखि १० बजेसम्म बजार बन्द गरिएको शारदा नगरपालिका १ का वडा अध्यक्षद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । सामाजिक दुरी कायम गरी पसल तथा बैंकहरु बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खुल्ने उल्लेख गरिएको छ । स्वास्थ्य सेवा, पेट्रोल पम्प बाहेक अन्य सम्पूर्ण सेवाहरु सो समय बाहेक अन्य समयमा बन्द रहने वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top