ट्रेण्डिङ

होमपेज / समाज

आगोमा जलेर सल्यानमा एक महिलाको मृत्यु

  सल्यान खबर डेस्क २०७७ कार्तिक १७ गते सोमबार १७:३२:४५ मा प्रकाशित

कात्तिक १७, सल्यान 
चुरोटबाट सल्किएको आगोले सल्यानमा एक महिलाको ज्यान गएको छ ।

 जिल्लाको शारदा नगरपालिका २ मैसेपानीकी ५२ वर्षीया पार्वती खड्काको चुरोटबाट सल्किएको आगोले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
आइतबार राती खाना खाएर सुत्ने समयमा चुरोट खाएर ननिभाई सुतेको र खड्का सुतेको ओछ्यान र शरीरमा आगो लाग्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वलीले जानकारी दिए । 

ओछ्यानमा लागेको आगोको धुवाँले  महिला बेहोस भएको र ओछ्यानमा लागेको आगोले महिला जलेको उनको भनाई छ । पतिको केही वर्ष अघि निधन भएको र छोराहरु वैदेशिक रोजगारी तेस्रो मुलुक रहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top