होमपेज / समाज
कात्तिक ४,सल्यान
शारदा नगरपालिकाले फोहर व्यवस्थापनका लागि निर्माण गरेको डम्पिङ क्षेत्रका स्थानियले जथाभाबि रुपमा फोहर जलाउदा दुर्गन्धित भएको वताएका छन् ।
वडा नम्वर ३ को टिमुरखोला टोल विकास क्षत्रको सुकेखोला किनारमा बस्ती नजिकै जथाभाबि रुपमा फोहर फाल्दा र जलाउदा आफुहरुलाई सास्ती बनाएको बताएका हुन ।
नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि प्रयोग गर्दे आएको डम्पिङमा अहिले फोहोरको मात्रा बढ्दै गएपछि कुहिने नकुहिने फोहर नछुटयाई आगो लगाउदा यस क्षेत्रका स्थानीयहरुले सास्ती भोग्दै आएको टिमुर खोला टोल विकास संस्थाका सचिव नरेन्द्र वलीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि ठाउँको प्रयोग गर्दा स्थानीयको अनुमति नलिएको र अहिले डम्पिङको उचित व्यवस्था नगर्दा स्थानियलाई मात्र होईन, बोटोमा हिडने मान्छेहरुलाई पनि सास्ती बनाएको छ ।
उनले भने, कुहिने, नकुहिने फोहर एकै ठाउँमा राखेर जलाउदा हामीलाई समस्या भएको छ, जथाभाबि फोहरको धुवाले हाम्रो स्वास्थ्यमा समेत असर पर्न थालेको छ , मास्क लगाएर काम गर्दै आएका छौ । नजिकै पानीको मुहान, खोलामा समेत यसको पर्यावरणीय तथा मानव स्वास्थ्यमा समेत गम्भिर असर पर्न सक्ने भन्दै स्थानीय चिन्तित भएको उनको भनाई छ । । पटक पटक नगरलाई व्यवस्थापन गरिदिन आग्रह गर्दा समेत अहिले सम्म फोहोरको व्यवस्थापन हुन नसकेको उनले बताए ।
फोहोर मैला व्यवस्थापन ऐन २०७० को दफा ४ को उपदफा ३ मा फोहरमैला निस्कासन व्यवस्थापनका लागि स्थान र तरिका, स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रभाव न्युनिकरणका लागि ध्यान दिनु पर्ने कुरा लेखिए पनि त्यसको सहि ढंगले कार्यान्वयन हुन नसेको वलीको भनाई छ। खलंगा र श्रीनगर बजारमा संकलन भएको फोहोर डम्पिङ साइटमा थुपारिदा हिडँडुल गर्न समेत गाह्रो भएको अर्का स्थानिय गंगा प्रसाद केसीले बताए । पटक पटक स्थानीयले लिखित तथा मौखिक रुपमा नगरपालिकालाई जानकारी गराउदा समेत यसको व्यवस्थापनका लागि कुनै काम अगाडी बढाउन नसकेको उनले बताए।
यता नगरप्रमुख शुरेस अधिकारीले बस्ती बस्नु भन्दा पहिले नै शारदा नगरपालिकाले फोहर व्यवस्थापन गर्ने डम्पिङ साईड निर्माण गरिएको बताए । डम्पिङमा यदि फोहर अव्यवस्थित भएको भए स्थानीयबासीको समस्यालाई सम्बोधन गरिने उनको भनाई छ । स्वास्थ्य र सरसरफाईको मापदण्ड तयार गरी यस क्षेत्रका स्थानियलाई मर्का नपर्ने गरी अर्को स्थानमा डम्पिङ निर्माणको व्यवस्था गरिने नगरप्रमुख अधिकारीले बताए ।





.jpg)