ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा गोरुको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

  सल्यान खबर डेस्क २०७७ आश्विन २४ गते शनिबार २१:००:१५ मा प्रकाशित

असोज २४, सल्यान 
सल्यानमा गोरुको आक्रमणबाट एक जनाकाे मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

 जिल्लाको शारदा नगरपालिका ११ हिवल्चाका ५१ वर्षीय टिका बहादुर रावतको मृत्यु भएको हो । शुक्रबार बारी जोत्ने क्रममा उनलाई गोरुले आक्रमण गरेको थियो । 

गम्भिर घाइते रावतको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्तक रावतको पेटको गहिरो चोट लागेको सल्यान जिल्ला अस्पताल सल्यानले जनाएको छ । 

गोरुको आक्रमणबाट घाइते ५० वर्षीया गाजली रावतको अस्पतालको उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले बताए । उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top