ट्रेण्डिङ

होमपेज / समाज

गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

  रासस २०७७ आश्विन १६ गते शुक्रबार १८:५३:०९ मा प्रकाशित

अतिविपन्न परिवारका गर्भवतीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । कोरोनाका कारण लामो समयदेखि भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण मातृ मृत्युदर बढिरहेकाले नेपाल रेडक्रस सोसाइटी रोल्पाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हाे ।

विपतका समयमा अतिविपन्न र संकटका अवस्थामा रहेका गर्भवती बढी प्रताडित हुने देखिएकाले उनीहरूलाई प्रसूति सेवाका लागि नजिकैको स्वास्थ्य संस्था वा अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको हो । 

आगामी डिसेम्बरसम्म उपलब्ध हुने सो सेवाका लागि रेडक्रसले मापदण्डसमेत निर्धारण गरेको  रेडक्रस  शाखाका सभापति डिबी घर्तीले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top