ट्रेण्डिङ

होमपेज / समाज

प्रयोग गरेका मास्क जथाभावी फाल्दा संक्रमणको जोखिम

  सल्यान खबर डेस्क २०७७ आश्विन १३ गते मंगलबार १४:१७:१० मा प्रकाशित

असोज १३, सल्यान 
प्रयोग गरेपछि जथाभावी मास्क फाल्दा संक्रमणको जोखिम बढेको छ ।
 कोरोना भाइरस संक्रमणबाट बच्न प्रयोग गरिएका मासक जथाभावी फाल्दा संक्रमणको जोखिम बढेको हो । सडक, बजारक्षेत्र लगायत विभिन्न क्षेत्रमा जथाभावी फालिएकाले जोखिम बढ्दै गएको छ । 

मास्कको उचित प्रयोग र त्यसको सहि व्यवस्थापन हुँन नसके संक्रमण फैलिन सक्ने सल्यान अस्पतालका डा. प्रदिप शर्माले बताए । उनले भने अस्पतालका जसरी अन्य प्रयोग गरिएका सामानहरुको डिस्पोज गरिन्छ त्यसरी नै मास्कको पनि डिस्पोज गर्नु पर्छ । 

जथाभावी फालिएका मास्कबाट फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारी, बालबालिकाहरुलाई संक्रमणको जोखिम हुन सक्ने डा. शर्माको भनाई छ ।  
कोरोना भाइरस संक्रमण बढेसँगै जिल्लामा मास्क प्रयोग पनि बढी रहेको छ तर त्यसको सहि व्यवस्थापन हुन नसक्दा अर्को संक्रमण फैलिन सक्ने  स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डि.सी.ले बताए । उनले भने प्रयोग गरिएको मास्कलाई सम्भव भएसम्म सरफ पानीमा भिजाएर डस्टविनमा राख्ने वा जलाउने गर्नु पर्छ ।  

मास्कको सहि विर्सजनका लागि सार्वजनिक ठाउँहरुमा डस्टविनको व्यवस्था गर्नु पर्ने उनले बताए । मास्कको भित्री भागमा थुक, ¥याल सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा हुन सक्ने भएकाले जथाभावी फाल्दा संक्रमणको जोखिम हुन सक्छ । 

आम समुदायलाई स्थानीय तहहरुले मास्क प्रयोग गरि सकेपछि त्यसको कसरी सहि विर्सजन गर्ने भन्ने विषयमा पनि सिकाउन जरुरी रहेको उनले बताए ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top