होमपेज / समाज
भीम बहादुर परियार असोज ५, सल्यान
बषौ देखि खानेपानीको समस्या झेल्दै आएका जिल्लाको बनगाड कुपिन्डे नगरपालिका वडा नं ८ ज्यामिरेका दलित समुदायहरु समुहबाट नै सामाजिक काम गर्न सकिन्छ भन्ने उदाहरण दिन थालेका छन । दलित अगुवा कृषक समुहका सदस्यहरुको सक्रियतामा खाल्डे पानीको मुहान संरक्षण गरी ढुंगे पोखरी निर्माण गरेका हुन ।
समुहमा बचत गर्ने र अन्य फुर्सदै नहुने दलित महिलाहरु आजभोली समुहमा सामाजिक काममा जोडिन थाले पछि पुरुषलाई पनि थप चुनौती बढेको बताउछन् पट्टु बिक । उनले भने हामी पनि दैनिक खाली बसेर मात्र समय गुजार्ने गछौं ।
महिलाको सक्रियताले हामी सामाजिक काममा जोडिदा सामाजिक काममा एकरुपमा भएको र खानेपानी मुहान संरक्षण, बाटो निर्माण जस्ता सामाजिक काम समुह नै मिलेर गर्न सक्छन भन्ने धारणा पहिले नभएको यो कामको सुरुवात दलित सेवा संघले नै सुरु गरेको वि.कको भनाई छ ।
समुह हजाराँै छन तर समाजिक काममा समुहको बैठकबाट छलफल गरी समुदायको समस्या सामाधान गर्ने अभ्यास यो नयाँ नै भएको थप्छन पट्टु विक । बिहान र बेलुका खानेपानी ल्याउन जाँदा १० गाग्री भन्दा बढि पानी नपाइने त्यसको लागी बिहान ४ बजे र दिउसो को लागी १० वजे नै पानी ल्याउन जाँदा १० गाग्री पानी मुस्किलले पाइने भएकाले महिलाको सरसफाई, वालवालिकाको सरसर्फाइ र सौचालय पानी विहिन हुदाँ झाडा पखाला, आउमासी टाइफाइड जस्ता समस्या समुहका सदस्यहरुमा देखिएको गुनासो गर्छिन पार्वती बिक ।
समुहले सक्रियाता देखाउदा बजेट विनाको कामले पनि मानव स्वास्थ्य स्वस्थ्य राख्न र जलवायु अनुकुलन सगै समुहका सदस्यहरुको सामाजिक चेतनाको विकास गरी सामुहिक कामबाट समाजमा सकारात्मक परिवर्तन हँुदो रहेछ भन्ने उदाहरण दलित अगुवा कृषक समुहका सदस्यहरुले दिदा र यस समुहको सदस्य हुदा खुसी लागेको पार्वती विकले बताइन ।
स्थानिय सरकारको मुख ताक्नु परम्परागत सोचलाई परिवर्तन गरी स्थानिय श्रोत र साधनको प्रयोगबाट पनि सामाजिक काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको उनको भनाई छ ।
विगतका वर्षहरुमा मानव र पशुलेसँगै पानी खाने समस्या अहिले समाधान भएको काली वि.क.को भनाई छ । सुरक्षित पानीको मुहान बाट ४० घरधुरी दलित तथा गैरदलितले सफा र स्वच्छ पानी उपभोग गर्न पाएको उनको भनाई छ ।





.jpg)