ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय संविधान दिवसको अवसरमा सल्यानका दुई कैदीबन्दीको कैद मिनाहा

  सल्यान खबर डेस्क २०७७ आश्विन ३ गते शनिबार १७:२८:२८ मा प्रकाशित

असोज ३, सल्यान 
राष्ट्रिय संविधान दिवसको अवसरमा सल्यानका दुई कैदीबन्दीको कैद मिनाहा गरिएको छ । कारागार कार्यालयमा कैद भुक्तान गरी रहेका दुई जनालाई दिवसको अवसरमा बाँकी कैद मिनाहा गरिएको कार्यालयले जनाएको छ । 

जिल्लाको शारदा नगरपालिकाका एक पुरुष र कपुरकोट गाउँपालिकाकी एक महिलाको कैद मिनाह भएको कारागार सल्यानका जेलेर बल बहादुर केसीले जानकारी दिए ।

नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन  ऐन, २०७४ तथा फौजदारी कसूर कैद कट्टा नियमावली, २०७६ बमोजिम यही असोज ३ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top