होमपेज / समाज
भदौ २९, सल्यान
सल्यानका चार पालिका जोड्ने पक्की पुलको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एक कार्यक्रमका बिच पक्की पुलको उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले विकास निमार्णमा कर्णालीले फड्को मार्दै गई रहेको बताए । विकास भनेको एकै पटक नभई क्रमिक रुपमा हुने विषय भएकाले पछिल्लो समय विकास निमार्णले तिब्रता लिएको बताए । मन्त्री ज्वालाले विकास निर्माणका कामहरूमा सरकार र जनताको विचमा साझेदारी भएमात्र विकास दिगे हुने बताए । जनता संगको साथ र सहकार्य बिना सरकार एक्लैले विकासका काम गर्न नसक्ने बताउदैँ उनले सरकारले पुर्वाधार क्षेत्रमा वजेट विनियोजन गर्ने र जनताले बजेट कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए।

यस्तै मुख्यमन्त्रीका राजनितिक सल्लाहाकार भीम प्रकाश शर्माले विकास मागको अधारमा भन्दा आवश्यकताको आधारमा गरिनु पर्ने बताए । कार्यक्रममा बोल्दै शर्माले आवश्यकताको आधारमा गरिएको विकास दिगो र उपभोक्ता पनि उक्त विकास निमार्ण प्रति उत्तरदायी हुने बताए ।
पाँच करोडको लागतमा निमार्ण गरिएको पुल निमार्ण सम्झौता भएको झन्डै एक वर्ष पछि सम्पन्न भएको छ ।
पक्की पुल बनेपछि बागचैर नगरपालिका, शारदा नगरपालिका, सिद् कुमाख गाउँपालिका र छत्रेश्वरी गाउँपालिकाका समुदाय लाभान्वित भएका छन् ।





.jpg)