होमपेज / समाज
भदौ २७, सल्यान
समुदायमा पहिलो पटक कोरोना सङ्क्रमण देखिए पछि सिल गरिएको जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा ५ पुनः एक साता थपिएको छ ।
समुदायमा गरिएको परीक्षणमा शुक्रवार थप एक जनामा सङ्क्रमण देखिएपछि वडा सिलको समयावधि थपिएको गाउँपालिकाले जनाएको छ ।
सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका सम्भावित व्यक्तिहरुको खोज पडताल गर्नु पर्ने भएकाले सिलको समयावधि थप गरिएको गाउँपालिका अध्यक्ष सन्तोष के.सी. द्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गाउँपालिकाले गत भदौ २० गतेदेखि पहिलो पटक वडा सिल गरेको थियो । पूर्ण निषेध गरिएको वडामा अत्यावश्यक सेवा र साधनहरु बाहेकका सम्पूर्ण सवारी साधन, पसल व्यवसाय सञ्चालन तथा हिँडडुल गर्न नगराउनु हुन सबैमा अनुरोध गरिएको छ ।
गत फागुनमा मुगुबाट आएका एक व्यक्तिमा झन्डै ५ महिनापछि कोरोना सङ्क्रमण देखिएको थियो ।






.jpg)